FAQs Complain Problems

बिस्का: जात्रा

Read More

नीलबाराही नाच

Read More

संक्षिप्त परिचय

भक्तपुर जिल्ला, बागमती प्रदेश अन्तर्गत पर्ने मध्यपुर थिमि नगरपालिकाको गठन वि.स. २०५३ साल चैत्र १४ गते तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमाारी र दिव्यश्वरी गाउँ विकास समितिहरुलाई एक आपसमा गाभी बनाइएको हो । तत्कालीन अवस्थामा स्थानीय निकायको रुपमा रहेको यस मध्यपुर थिमि नगरपालिकामा १७ वटा वडा भएकोमा नयाँ संविधानको प्रावधान बमोजिम स्थानीय तहको रुपमा गठन हुँदा ९ वटा वडा कायम भएको छ । यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका, पश्चिममा काठमाडौ महानगरपालिकाको सिनामंगल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सुर्यबिनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन् । विश्व मान चित्रमा यो नगरपालिका २७०४०’ देखि २७०४२’ उत्तरी अक्षांशसम्म र ८१०२२’३०” पूर्व देखि ८५०२५’०” देशान्तरसम्म फैलिएर रहेको छ ।

वि.सं. २०६८ सालको जनगणना अनुसार यस नगरपालिका क्षेत्रमा महिला ४०,३१३ र पुरुष ४२,७२३ गरी कुल जनसंख्या ८३,०३६ रहेकोमा हाल १००,००० भन्दा माथि जनसंख्या पुगेको अनुमान छ । ११.४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगर समुन्द्री सतहवाट १३२६ मिटरको उचाईमा अवस्थित छ । यस नगरपालिकाले जिल्लाको कूल भूभागको (११९ वर्ग कि.मि.) ९.६ प्रतिशत भूभाग ओगटेको छ । यो शहर ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताका कारण विश्वप्रसिद्ध छ । समशितोष्ण हावापानी भएको यस नगरपालिकामा औसत तापक्रम न्यूनतम १ डिग्री सेल्सीयस देखि ३५ डिग्री सेल्सीयससम्म पुग्ने गर्दछ । नगरपालिका क्षेत्रमा औसत वर्षा १२३.१ मिलिमिटर सम्म हुने गर्दछ  ।
 

जन प्रतिनिधि

सुरेन्द्र श्रेष्ठ
नगर प्रमुख
विजय कृष्ण श्रेष्ठ
उप– प्रमुख

पदाधिकारी

चुरामणि पन्थी
प्रमुख प्रशासकीय अधिकृत
cao@madhyapurthimimun.gov.np
९८५१२७४१११

सूचना अधिकारी

केशब सिलवाल
महाशाखा प्रमुख
keshabsilwal@yahoo.com
९८५११२५०९०

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- म.थि.न.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयमा बसाई सराईको कागजात
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको लगत हस्तान्तरण फारम
५) जाने/आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- म.थि.न.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२.अदालतबाट  सम्बन्ध  विच्छेद  भएको  फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- म.थि.न.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) २/२ प्रति पासपोर्ट साईजको फोटो

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- म.थि.न.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकको  नागरिकता
३) सूचना दिने मानिसको नागरिकता
४) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- म.थि.न.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. बच्चाको बाबु/ आमाको नागरिकताको प्रतिलिपी
३. अन्य सूचकको हकमा निजको नागरिकताको प्रतिलिपी
४. अस्पतालमा  जन्म  भएको  हकमा  सम्बन्धित अस्पतालले   
   जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

जानकारी