FAQs Complain Problems

संक्षिप्त परिचय

मध्यपुर थिमि नेपाल बागमती प्रदेश भक्तपुर जिल्लाको एक नगरपालिका हो । काठमाडौँ उपत्यकाको भक्तपुर जिल्लामा रहेका तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमारी र लोकन्थली गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो । १७ वटा वडामा विभाजित यो नगरपालिकालाई देशमा सङ्घीय शासन व्यवस्था लागू भएपछि वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र वि.सं. २०७३ फाल्गुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम यो नगरपालिकालाई ९ वटा वडामा सीमित गरिएको हो । यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका काठमाडौँ महानगरपालिकाको सिनामङ्गल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन् ।

मध्यपुर थिमि नगरपालिकामा वग्ने मूख्य नदीहरुमा मनोहरा र हनुमन्ते छन् । यी नदीहरुको वहाव वर्षा याममा मात्र बढी हुने र अरु समयमा पानीको मात्रा ज्यादै कम हुने गर्दछ । मनोहरा नदी मणिचुडबाट निस्केर शालीनदी हुँदै काठमाडौ र भक्तपुर जिल्लाको सीमाना हँुदै बग्ने गर्दछ । जुन मध्यपुर थिमि नगरपालिकाको उत्तर पश्चिम सीमाना भएर वग्दछ । यो नदीमा हनुमन्ते खोला मिसिएपछि बाग्मती नदीमा मिसिन्छ । यसले काठमाडौ, भक्तपुर र मध्यपुर थिमि नगरपालिका क्षेत्रमा सिंचाई सुविधा पु¥याउनुका साथै जल प्रवाह गर्दछ । हनुमन्ते नदी महादेव पोखरी डाँडावाट वगेर नगरकोट डाँडा र वागेश्वरी डाँडाको वीच भागवाट पश्चिम तर्फ बग्दै भक्तपुरको दक्षिणी भाग हुदै मध्यपुर थिमि नगरपालिकाको दक्षिणी सीमाना भै बग्ने गर्दछ ।<br />
नगरपालिकामा रहेका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुमा निलबाराही, महालक्ष्मी मन्दिर, कुमारीको मन्दिर, सिद्धिगणेश मन्दिर, विश्वविनायक मन्दिर, सिद्धिकाली मन्दिर, दिगु भैरव मन्दिर, राज गणेश मन्दिर, स्वेतभैरव मन्दिर, गुरु गणेश, लोकेश्वर मन्दिर, थासोमा गणेश मन्दिर, बालकुमारी मन्दिर, ताहानारायण मन्दिर, बिष्णुवीर मन्दिर, वामुने गणेश मन्दिर, प्रथम गणेश, नगदेश बुद्ध विहार, पाटी बिहार, धर्मचक्र गुम्वा, शिवा गणेश मन्दिर, विश्वेश्वर महादेव, सिलेश्वर महादेव, शोणे कामदेव मन्दिर, निलवर्ण गणेश मन्दिर, महालक्ष्मी मन्दिर, भवानी शंकर मन्दिर, दिव्यश्वरी मन्दिर, नित्यनाथ मन्दिर, आकाश भैरव मन्दिर, वसुन्धरादेवीको मन्दिर, नारायण मन्दिर, तछ्छु गणेश मन्दिर, अजिमाद्यो मन्दिर, इन्द्रायणी वम्हायानी मन्दिर, गोरखनाथ मन्दिर, हरिसिद्धि मन्दिर, तलेजु भवानी मन्दिर, कुशल भैरव मन्दिर, नवदुर्गा भवानी मन्दिर, नाट्यश्वरी मन्दिर, विन्दवासीनी (वडा नं. २) मन्दिर, कुकीइनाय गणेश मन्दिर, सूर्यविनायक मन्दिर, भक्ति मन्दिर श्यामाश्याम धाम राधेराधे मन्दिर, शंखधर साख्वाचोक आदि रहेका छन् ।</p>

भूगोल
विश्व मानचित्रमा यो नगरपालिका २७ डिग्री ४०’ देखि २७ डिग्री ४२’ उत्तरी अक्षांशसम्म र ८१ डिग्री २२’३०” पूर्व देखि ८५ डिग्री २५’०” देशान्तरसम्म फैलिएर रहेको छ। कुल ११.४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगर समुद्री सतहबाट १,३२६ मिटरको उचाइमा अवस्थित छ । यस नगरपालिकाले जिल्लाको कूल भूभागको (११९ वर्ग किलोमिटर) ९.६ प्रतिशत भूभाग ओगटेको छ। यो सहर ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताका कारण विश्वप्रसिद्ध छ । समशितोष्ण हावापानी भएको यस नगरपालिकामा औसत तापक्रम न्यूनतम १ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने गर्दछ। नगरपालिका क्षेत्रमा औसत वर्षा १२३.१ मिलिमिटर सम्म हुने गर्दछ ।

पेशा
यहाँका अधिकांश जनता कृषि पेशामा संलग्न छन्। यहाँ मौसम अनुसारका हरियो तरकारी र धानबालीका लहलहाउँदा बालाहरूले यहाँको सौन्दर्यमा रौनक त थपिरहेकै हुन्छ, ठाउँ ठाउँमा सुकाउन राखिएका विभिन्न आकार प्रकारका माटाका भाँडाकुँडाहरूले पनि आगन्तुकहरूलाई छुट्टै आनन्द दिइरहेको हुन्छ ।

जनसङ्ख्या
वि.सं. २०६८ सालको जनगणना अनुसार यस नगरपालिका क्षेत्रमा ४०,३१३ महिला र ४२,७२३ पुरुष गरि कुल जनसङ्ख्या ८३,०३६ रहेको छ ।

नदीनाला
मध्यपुर थिमि नगरपालिकामा बग्ने मुख्य नदीहरूमा मनोहरा र हनुमन्ते छन् । यी नदीहरूको बहाव वर्षा याममा मात्र बढी हुने र अन्य समयमा पानीको मात्रा ज्यादै कम हुने गर्दछ। मनोहरा नदी मणिचुडबाट निस्केर शालीनदी हुँदै काठमाडौँ जिल्ला भक्तपुर जिल्लाको सिमाना हुँदै बग्ने गर्दछ। यो मध्यपुर थिमी नगरपालिकाको उत्तर पश्चिम सिमाना भएर बग्दछ। यो नदीमा हनुमन्ते खोला मिसिएपछि बागमती नदीमा मिसिन्छ। यसले काठमाडौँ, भक्तपुर र मध्यपुर थिमि नगरपालिका क्षेत्रमा सिँचाइ सुविधा पुगाउनुका साथै जल प्रवाह गर्दछ। हनुमन्ते नदी महादेव पोखरी डाँडावाट बगेर नगरकोट डाँडा र वागेश्वरी डाँडाको मध्य भागबाट पश्चिमतर्फ बग्दै भक्तपुरको दक्षिणी भाग हुँदै मध्यपुर थिमी नगरपालिकाको दक्षिणी सिमाना भएर बग्ने गर्दछ ।

मुख्य धार्मिक स्थलहरू
नगरपालिकामा रहेका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरूमा निलबाराही, महालक्ष्मी मन्दिर, कुमारीको मन्दिर, सिद्धिगणेश मन्दिर, विश्वविनायक मन्दिर, सिद्धिकाली मन्दिर, दिगु भैरव मन्दिर, राज गणेश मन्दिर, स्वेतभैरव मन्दिर, गुरु गणेश, लोकेश्वर मन्दिर, थासोमा गणेश मन्दिर, बालकुमारी मन्दिर,ताहानारायण मन्दिर, बिष्णुवीर मन्दिर, वामुने गणेश मन्दिर, प्रथम गणेश, नगदेश बुद्ध विहार, पाटी बिहार, धर्मचक्र गुम्वा, शिवा गणेश मन्दिर, विश्वेश्वर महादेव, सिलेश्वर महादेव, शोणे कामदेव मन्दिर, निलवर्ण गणेश मन्दिर, महालक्ष्मी मन्दिर, भवानी शङ्कर मन्दिर, दिव्यश्वरी मन्दिर, नित्यनाथ मन्दिर, आकाश भैरव मन्दिर, वसुन्धरादेवीको मन्दिर, नारायण मन्दिर, तछ्छु गणेश मन्दिर, अजिमाद्यो मन्दिर, इन्द्रायणी वम्हायानी मन्दिर, गोरखनाथ मन्दिर, हरिसिद्धि मन्दिर, तलेजु भवानी मन्दिर, कुशल भैरव मन्दिर, नवदुर्गा भवानी मन्दिर, नाट्यश्वरी मन्दिर, विन्दवासीनी (वडा नं. २) मन्दिर, कुकीइनाय गणेश मन्दिर, सूर्यविनायक मन्दिर, भक्ति मन्दिर श्यामाश्याम धाम राधेराधे मन्दिर, शंखधर साख्वाचोक आदि रहेका छन्।
 

जातजाति
नेवारहरूको वाहुल्यता रहेका यस नगरमा भने क्षेत्री, बाहुन, राई, मगर, दमाई, सार्की लगायत अन्य जातजातीको पनि यहाँ बसोबास छ । पेशागत रूपले मध्यपुर थिमीलाई श्रृजना र शिल्पीहरूको सहर भन्ने गरिएको छ ।
 

सांस्कृतिक पक्ष
यस नगरमा मनाइने जात्राहरूमा विस्केट जात्रा, जिब्रो छेड्ने जात्रा, गाईजात्रा, इन्द्रजात्रा, खड्ग जात्रा, दिपंकर जात्रा र पुलुकिसि जात्रा प्रमुख जात्रा हुन् भने महाकाली नाच, भैरव नाच, निलबाराही गण नाच, इन्द्र अप्सरा नाच, हनुमान नाच, अष्टमात्रिका नाच, मयुर नाच, आदि प्रमुख नाचहरू हुन् ।