FAQs Complain Problems

मनोसामाजिक परामर्श सेवा सञ्चालन हुने सम्बन्धी सूचना

मध्यपुर थिमी नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालय उमेर समूहका विद्यार्थी तथा युवाका लागि वृत्ति मार्गनिर्देशन, मानसिक तथा सामाजिक परामर्श सेवा सञ्चालन गर्ने सूचना। सेवा २०८३ भाद्र १५ गतेदेखि प्रत्येक मंगलबार र बुधबार बिहान ११:३० देखि दिउँसो २:३० बजेसम्म वृत्ति मार्गनिर्देशन सेवा इकाई, म.थि.न.पा.मा सञ्चालन हुनेछ। थप जानकारीका लागि मनोसामाजिक परामर्शकर्ता अन्जना श्रेष्ठको फोन नम्बर ९८४१५९०४२१ दिइएको छ

प्रस्तुत विषयमा यस मध्यपुर थिमी नगरपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालय उमेर समुहका विद्यार्थीहरु एवं युवाहरुलाई लक्षित गरी वृत्ति सम्वन्धी (Career Councelling) एवं अन्य मानसिक एवं सामाजिक परामर्शको लागि मनोपरामर्श सञ्चालन गर्न लागेकोले तपसिल बमोजिम हुने मनोसामाजिक परामर्शमा सहभागी हुनु भई सेवा लिनु हुन सबैमा यो सूचना प्रकाशन गरिएको छ।

तपसिल

सेवा प्रारम्भ हुने मितिः २०८३ भाद्र १५ गतेदेखि

प्रत्येक हप्ताको मंगलबार र बुधबार; समयः बिहान ११:३० बजेदेखि दिउँसो २:३० बजेसम्म

स्थानः वृत्ति मार्गनिर्देशन सेवा इकाई,म.थि.न.पा.

थप जानकारीका लागिः मनोसामाजिक परामर्शकर्ता अन्जना श्रेष्ठ (९८४१५९०४२१)