FAQs Complain Problems

Madhyapur Thimi Municipality Ward No. 5, Bhulankhel

Contact Number: 
01-6635470
Email Address: 
ward5@madhyapurthimimun.gov.np
Population (Census 2011): 
6540

The Existing Bode, Nagadesh, Chapacho, Balkumari and Lokanthali Village Development Committees in Bhaktapur District of Kathmandu Valley have been merged into Madhyapur Thimi Municipality. This Madhyapur Thimi Municipality was formed on 14th Chaitra 2053. Divided into 17 wards, this municipality was established in the country after the implementation of the federal system of governance. On 22nd of Falgun 2073, the decision of the Council of Ministers of the Government of Nepal and Nepal Government. According to the notice published in the Nepal Rajpatra on 27th of Falgun 2073, this municipality has been limited to 9 wards. Out of which former ward no. 9,10 and 11 is currently Ward no. 5. 

नागरिक सेवा क्षेत्र

जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / सम्बन्धित फाँटका कर्मचारी
लाग्ने समय:
२० मिनेट
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
  • बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र,
  • जन्मदर्ता  प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  • चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद, गर्भवती महिला निवेदक भएमा नियमित जाँच/खोपको प्रमाण,
  • नाबालक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने,
  • दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
लाग्ने समय:
सर्जमिनको हकमा बढीमा ३ दिन, सर्जमिन गर्नु नपर्नेमा २० मिनेट
सेवा शुल्क:
.
आवश्यक कागजातहरु:
  • निवेदन
  • नाता कायम गर्ने सवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उमेर नपुगेको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
  • हालै खिचेको पासपोर्ट साइजको फोटो (२ प्रति व्यक्ति)
  • मृत्यु भइसकेको व्यक्तिसंग नाता प्रमाणित गर्नु परेमा मृतकको मृत्युदर्ता प्रमाणपत्र 
  • स्थानीय सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी / वडा सचिव
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन, सर्जमिन गर्नुपर्नेमा बढीमा ३ दिन
सेवा शुल्क:
३५ दिनभित्र नि:शुल्क, ३५ दिन पश्चात् रु. २००
आवश्यक कागजातहरु:

जन्म दर्ता:

  • सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
  • बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली),
  • स्वास्थ्य  संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्मको प्रतिवेदन,
  • घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,
  • विदेशी भएमा बाबु, आमाको राहादानी प्रमाणपत्रको प्रतिलिपि तथा  सम्बन्धित वडामा बसोबास रहेको प्रमाण,
  • आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता,
  • बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरीको प्रतिवेदन । 

मृत्यु दर्ता:

  • सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
  • मृतकको नागरिकता प्रमाणपत्र, 
  • सूचकको नागरिकता प्रमाणपत्र,
  • मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज वडामा बसोबास गरेको प्रमाण । 

विवाह दर्ता :

  • दुलाहा र दुलहीको संयुक्त सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
  • दुलाहा र दुलहीको नागरिकता प्रमाणपत्र,
  • बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने,
  • कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित वारेसनामा,
  • अदालतबाट नाता कायम भएको अवस्थामा दुलाहा र दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज,
  • दुवै जनाको हालसालै खिचेको अटो साईजको २ प्रति फोटो ।

बसाई सराइ:

  • मुलीको सूचना फाराम
  • सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
  • वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
  • वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति

सम्बन्ध विच्छेद:

  • सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
  • अदालतबाट सम्बन्ध विछेद भएको फैसलाको प्रतिलिपि,
  • विदेश स्थित अदालतबाट भएको फैसलाको हकमा अङ्ग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलर बाट प्रमाणिकरण गरेको सक्कल प्रति ।
जिम्मेवार अधिकारी:
राजश्व शाखा प्रमुख, वडा सचिव
लाग्ने समय:
सोही दिन
सेवा शुल्क:
नयाँ व्यवसाय भएमा दर्ता शुल्क र व्यवसाय नवीकरण शुल्क ( चालु आ.व.को आर्थिक ऐनमा तोकिएबमोजिम )
आवश्यक कागजातहरु:

दर्ता नगरिएको व्यवसाय भएमा,

  • व्यवसाय सञ्चालकको नागरिकताको फोटोकपी
  • व्यवसाय दर्ता गर्न आवश्यक पर्ने सम्पूर्ण कुराहरु खुल्ने कागत
  • जग्गाधनी पूर्जाको फोटोकपी, एकीकृत सम्पत्तिकर तिरेको रसिद
  • बहालमा रहेको भए घर/जग्गा बहालको सम्झौता पत्र

पहिल्यै दर्ता गरेको भएमा

  • गत वर्ष कर तिरेको रसिद
  • व्यवसायमा थप/घट भएमा सो को प्रमाण खुल्ने कागजातसहितको निवेदन
    दर्ता नगरिएको व्यवसाय भएमा,
  • व्यवसाय सञ्चालकको नागरिकताको फोटोकपी
  • व्यवसाय दर्ता गर्न आवश्यक पर्ने सम्पूर्ण कुराहरु खुल्ने कागत
  • जग्गाधनी पूर्जाको फोटोकपी, एकीकृत सम्पत्तिकर तिरेको रसिद
  • बहालमा रहेको भए घर/जग्गा बहालको सम्झौता पत्र
  • पहिल्यै दर्ता गरेको भएमा
  • गत वर्ष कर तिरेको रसिद
  • व्यवसायमा थप/घट भएमा सो को प्रमाण खुल्ने कागजातसहितको निवेदन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
लाग्ने समय:
सर्जमिन गर्नुपर्ने भएमा बढीमा ७ दिन, सर्जमिन गर्नु नपर्ने भएमा ३० मिनेट
सेवा शुल्क:
.
आवश्यक कागजातहरु:

वंशजको नागरिकता सिफारिस

  • कालोमसीले भरेको अनुसूची फारम तथा निवेदन
  • जन्मदर्ताको प्रमाणपत्र
  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • बाबु वा आमाको नागरिकता प्रमाण पत्र
  • पासपोर्ट साइजको फोटो २ प्रति
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपट्टीका बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण

अंगीकृत नागरिकता सिफारिस (नेपाली पुरुषसंग विवाह भएको  विदेशी महिलाको लागि)

  • निवेदन, अनुसूची – ७ को फारम भरेको
  • नेपाली नागरिकसंग वैबाहिक सम्बन्ध खुल्ने कागजात
  • विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा
  • सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण

अंगीकृत नेपाली नागरिकताको सिफारिस  ( विदेशी नागरिकसंग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको लागि )

  • निवेदन, अनुसुची ७ को फाराम भरेको
  • आमाको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  • नेपालमा जन्म भई स्थायी बसोवास गरेको खुल्ने प्रमाण
  • जन्म दर्ता प्रमाण पत्र वा नेपालको अस्पतालमा जन्मेको प्रमाणपत्र ।
  • सम्वन्धित वडामा बसोवास गरेको प्रमाण ( घरधनीले प्रमाणित गरेको कागज ) ।
  • बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा ।
  • सर्जमिन मुचुल्का 
  • चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद

स्वास्थ्य संस्था

S.N. स्वास्थ्य संस्थाको नाम फोन नं.
सम्पर्क व्यक्ति
पद मो. नं.
1 Urban Health Centre, Bhulankhel Sabita Dahal सि.अ.हे.व 9842926806

विद्यालयहरु

S.N.
विद्यालयको नाम
फोन नं. प्रकार तह प्र.अ.को नाम ईमेल
1 Vinayak Shikchya Niketan, Bhulakhel 01-6632568 Private Secondary Level Surendra Bikram Prajapati vsnthimign@gmail.com
2 Happy Crayon School, Samgam Colony 01-6631780 Private Basic level Anupama Gurung happycrayonsnepal@gmail.com
3 Pranodaya Pra.Vi., Bhulankhel Government Basic level Sarita Adhikari