News
व्यक्तिगत घटना दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन, सर्जमिन गर्नुपर्नेमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र नि:शुल्क, ३५ दिन पश्चात् रु. २००
आवश्यक कागजातहरु:
जन्म दर्ता:
- सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
- बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली),
- स्वास्थ्य संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्मको प्रतिवेदन,
- घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,
- विदेशी भएमा बाबु, आमाको राहादानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित वडामा बसोबास रहेको प्रमाण,
- आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता,
- बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरीको प्रतिवेदन ।
मृत्यु दर्ता:
- सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
- मृतकको नागरिकता प्रमाणपत्र,
- सूचकको नागरिकता प्रमाणपत्र,
- मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज वडामा बसोबास गरेको प्रमाण ।
विवाह दर्ता :
- दुलाहा र दुलहीको संयुक्त सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
- दुलाहा र दुलहीको नागरिकता प्रमाणपत्र,
- बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने,
- कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित वारेसनामा,
- अदालतबाट नाता कायम भएको अवस्थामा दुलाहा र दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज,
- दुवै जनाको हालसालै खिचेको अटो साईजको २ प्रति फोटो ।
बसाई सराइ:
- मुलीको सूचना फाराम
- सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
- वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
- वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
सम्बन्ध विच्छेद:
- सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
- अदालतबाट सम्बन्ध विछेद भएको फैसलाको प्रतिलिपि,
- विदेश स्थित अदालतबाट भएको फैसलाको हकमा अङ्ग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलर बाट प्रमाणिकरण गरेको सक्कल प्रति ।