नागरिक उडड्यन प्रशिक्षण प्रतिस्ठानको निर्माणधीन तालिम प्रतिष्ठानको भवनमा सिलबन्दी

मध्यपुर थिमि नगरपालिकाले नागरिक उडड्यन प्रशिक्षण प्रतिस्ठानको निर्माणधीन तालिम प्रतिष्ठानको भवनमा सिलबन्दी गरेको छ । 
स्थानीय सरकारको अधिकारलाई लत्याउँदै मध्यपुर थिमि–२ गठ्ठाघरमा रहेकोनागरिक उडड्यन प्रशिक्षण प्रतिस्ठानले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को तालिम भवन निर्माण गर्दा नगरपालिकासंग भवन निर्माण स्वीकृति नलिई, नगरपालिकालाई कुनै जानकारी समेत नगराई भवन निर्माण गरेको भन्दै नगरपालिकाले शिलबन्दी गरेको हो ।
नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, कानुन अधिकृत केशव सिलवाल, २ नम्बर वडाका वडाध्यक्ष राम थापा, ३ नम्बर वडाका वडाध्यक्ष प्रेम कुटु, तथा अन्य जनप्रतिनिधी र नगरपालिका कर्मचारी लगायतको टोलीले सिलबन्दी गरेको छ  |

https://www.youtube.com/watch?v=7LVOIbgDbeA&feature=youtu.be