FAQs Complain Problems

आ.व २०७४/७५ को वार्षिक कार्यक्रम कार्ययोजना तयारी कार्यशाला गोष्ठी सम्पन्न

स्थानीय तहमा भएको निर्वाचन संगै स्थानीय सरकारको रुपमा कार्यथालनी भइ विषयगत कार्यालयहरुबाट समेत कार्यक्रम र जनशक्ति प्राप्त भइ आएको हुदा नगरपालिकाको कार्यसम्पादनलाई चुस्त, पारदर्शी, व्यवस्थित र समयानुकुल गुणस्तरीय एवं सेवा मैत्री ढंगले नगरवासीहरुलाई सेवा प्रवाह गर्ने उदेश्यले न.पा का सबै महाशाखा, शाखा, उप शाखा तथा न.पामा हस्तान्तरण भइ आएका विषयगत शाखाहरु सहभागी भएको वार्षिक कार्यक्रम कार्ययोजना तयारी कार्यशाला गोष्ठी कार्ययोजना, कार्यपत्र तयार गरि तथा सामुहिक प्रतिवद्धता व्यक्त गर्दै मिति २०७४/४/२९ र ३० गते सम्पन्न भएको छ |