मध्यपुर थिमि नगरपालिकाको वेबसाइटमा स्वागत छ |

संक्षिप्त परिचय

भक्तपुर जिल्ला, ३ नं. प्रदेश अन्तर्गत पर्ने मध्यपुर थिमि नगरपालिकाको गठन वि.स. २०५३ साल चैत्र १४ गते तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमाारी र दिव्यश्वरी गाउँ विकास समितिहरुलाई एक आपसमा गाभी बनाइएको हो । तत्कालीन अवस्थामा स्थानीय निकायको रुपमा रहेको यस मध्यपुर थिमि नगरपालिकामा १७ वटा वडा भएकोमा नयाँ संविधानको प्रावधान बमोजिम स्थानीय तहको रुपमा गठन हुँदा ९ वटा वडा कायम भएको छ । यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका, पश्चिममा काठमाडौ महानगरपालिकाको सिनामंगल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सुर्यबिनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन् । विश्व मान चित्रमा यो नगरपालिका २७०४०’ देखि २७०४२’ उत्तरी अक्षांशसम्म र ८१०२२’३०” पूर्व देखि ८५०२५’०” देशान्तरसम्म फैलिएर रहेको छ ।