FAQs Complain Problems

Gunga Chiwa

ऐतिहासिक थिमि नगरको उत्तरी छेउमा अवस्थित यस सम्पदा क्षेत्रमा करिब ३ फिट अग्लो डबलीमाथि ९ वटा चैत्य रहेको छ । नेपालभाषामा गुगःको अर्थ नौवटा र चिवाः को अर्थ चैत्य हो । जसको आधारमा यसको नामांकरण गरिएको पाइन्छ । यस सम्पदा क्षेत्रमा मंजुश्री पालि (अर्थात् पाउ) समेत रहेबाट यसको महत्व अझ बढेको छ । कुनै प्रकारको अभिलेख प्राप्त नहुँदा यसको स्थापना सम्बन्धी जानकारी नभएपनि थिमि नगरमा सम्पन्न हुने विभिन्न प्रकारको सँस्कृतिसँगको यसको सम्बन्धले यसको प्राचीनतालाई ईंगित गर्दछ । थिमि नगरभित्र गरिने ब्रतबन्ध, विवाह, जंको, साँयाः, गुंला आदिको क्रममा नगरपरिक्रमा गर्दा बस्तीको दक्षिणी छेउमा अवस्थित बालकुमारी र यस क्षेत्रको परिक्रमा गर्ने प्रचलन रहेको छ ।