FAQs Complain Problems

बिस्का: जात्रा

Read More

नीलबाराही नाच

Read More

संक्षिप्त परिचय

भक्तपुर जिल्ला, बागमती प्रदेश अन्तर्गत पर्ने मध्यपुर थिमि नगरपालिकाको गठन वि.स. २०५३ साल चैत्र १४ गते तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमाारी र दिव्यश्वरी गाउँ विकास समितिहरुलाई एक आपसमा गाभी बनाइएको हो । तत्कालीन अवस्थामा स्थानीय निकायको रुपमा रहेको यस मध्यपुर थिमि नगरपालिकामा १७ वटा वडा भएकोमा नयाँ संविधानको प्रावधान बमोजिम स्थानीय तहको रुपमा गठन हुँदा ९ वटा वडा कायम भएको छ । यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका, पश्चिममा काठमाडौ महानगरपालिकाको सिनामंगल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सुर्यबिनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन् । विश्व मान चित्रमा यो नगरपालिका २७०४०’ देखि २७०४२’ उत्तरी अक्षांशसम्म र ८१०२२’३०” पूर्व देखि ८५०२५’०” देशान्तरसम्म फैलिएर रहेको छ ।

वि.सं. २०६८ सालको जनगणना अनुसार यस नगरपालिका क्षेत्रमा महिला ४०,३१३ र पुरुष ४२,७२३ गरी कुल जनसंख्या ८३,०३६ रहेकोमा हाल १००,००० भन्दा माथि जनसंख्या पुगेको अनुमान छ । ११.४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगर समुन्द्री सतहवाट १३२६ मिटरको उचाईमा अवस्थित छ । यस नगरपालिकाले जिल्लाको कूल भूभागको (११९ वर्ग कि.मि.) ९.६ प्रतिशत भूभाग ओगटेको छ । यो शहर ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताका कारण विश्वप्रसिद्ध छ । समशितोष्ण हावापानी भएको यस नगरपालिकामा औसत तापक्रम न्यूनतम १ डिग्री सेल्सीयस देखि ३५ डिग्री सेल्सीयससम्म पुग्ने गर्दछ । नगरपालिका क्षेत्रमा औसत वर्षा १२३.१ मिलिमिटर सम्म हुने गर्दछ  ।

 

 

सूचना र जानकारीहरु

जन प्रतिनिधि

सुरेन्द्र श्रेष्ठ
नगर प्रमुख
०१-६६३००४६
mayorthimi@gmail.com
विजय कृष्ण श्रेष्ठ
उप– प्रमुख
०१-६६३००४६
bijaya842@gmail.com

प्रवक्ता

कृष्ण हरि आचार्य
वडा अध्यक्ष
९८५१०४२६५६
३ नं. वडा कार्यालय, कौशलटार

पदाधिकारी

राम बहादुर के.सी.
प्रमुख प्रशासकीय अधिकृत
०१-६६३००४६

जानकारी