संक्षिप्त परिचय

मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत पर्ने बागमती अञ्चल भित्र रहेको भक्तपुर जिल्लामा अवस्थित रहेको मध्यपुर थिमि नगरपालिकाको गठन वि.स. २०५३ चैत्र १४ गते तत्कालिन नगदेश, चपाचो, बालकुमाारी, बोडे र दिव्यश्वरी गा.वि.स.हरुलाई गाभी गरिएको हो । यस नगरको पूर्वमा भक्तपुर र चागुनारायण नगरपालिका, पश्चिममा काठमाडौ महानगरपालिकाको सिनामंगल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा अनन्तलिङ्गेश्वर र सुर्यबिनायक नगरपालिका पर्दछन् । विश्व मान चित्रमा यो नगरपालिका २७०४०’ देखि २७०४२’ उत्तरी अक्षांशसम्म र ८१०२२’३०” पूर्व देखि ८५०२५’०” देशान्तरसम्म फैलिएर रहेको छ । (नगरपालिकाहरुको संक्षिप्त झलक, २०६१) । जम्मा १७ वटा वडामा विभाजीत रहेको मध्यपुर थिमि नगरपालिकाको क्षेत्रफल ११.४७ वर्ग कि.मि. रहेको छ । जिल्लाको कूल क्षेत्रफल ११९ वर्ग कि.मि. रहेको छ जस अनुसार यस नगरपालिकाले जिल्लाको कूल भूभागको ९.६ प्रतिशत भूभाग ओगटेको छ । यो शहर ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताका कारण विश्वप्रसिद्ध रहेको छ । नगरपालिकाको कूल क्षेत्रफल ११४७ हेक्टर मध्ये करीव ८०२ हेक्टर जमीन खेतीयोग्य रहेको भएता पनि हाल आएर वस्ती विस्तारका लागि भएको प्लानिंगका कारण यसको अवस्थामा परिवर्तन भएको देखिन्छ । त्यसैगरि वन जंगलले ओगटेको जमिन ३४.३ हेक्टर रहेको छ भने वसोवास क्षेत्रमा १३८ हेक्टर र अन्यमा १७२.७ हेक्टर रहेको छ । यस नगरपालिकामा खेतीयोग्य जमिन मध्ये सिंचाई सुविधा भएको भूभाग करीव ६० प्रतिशत रहेको छ । समशितोष्ण खालको हावापानी भएको यस नगरपालिकामा औसत तापक्रम न्यूनतम १ डिग्री सेल्सीयस देखि ३५ डिग्री सेल्सीयस सम्म रहेको पाइन्छ भने नगरपालिकाको औसत वर्षा १२३.१ मिलिमिटर रहेको पाइन्छ (नगरपालिकाहरुको संक्षिप्त झलक, २०६१) । चैत्र महिना देखि असोजको प्रारम्भसम्म केही गर्मी, असोज देखि फागुन सम्म धेरै जाडो हुने यस नगरपालिकाको हावापानी उपत्यकाको हावापानीसंग मेल खाने गरेको पाइन्छ । मध्यपुर थिमि नगरपालिकामा वग्ने मूख्य नदीहरुमा मनोहरा र हनुमन्ते रहेका छन । यी नदीहरुको वहाव वर्षा याममा मात्र बढी हुने र अरु समयमा पानीको मात्रा ज्यादै कम हुने गरेको पाइन्छ । मनोहरा नदी महादेव पोखरी डाँडाको उत्तरी भागवाट निस्केर काठमाडौ, भक्तपुर जिल्लाको सिमाना हुदै वग्ने गर्दछ । जुन मध्यपुर थिमि नगरपालिकाको सिमाना भएर वगेको छ । यो नदी हनुमन्ते नदीमा पुगेर मिल्दछ र पछि बाग्मती नदीमा मिसिन्छ । यसले काठमाडौ, भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका क्षेत्रमा सिंचाई सुविधा पु¥याउनुका साथै जल प्रवाह गर्दछ । हनुमन्ते नदी महादेव पोखरी डाँडावाट वगेर नगरकोट डाँडा र वागेश्वरी डाँडाको विच भागवाट पश्चिम तर्फ बग्दै भक्तपुरको दक्षिणी भाग हुदै मध्यपुर थिमि नगरपालिकाको दक्षिणी सिमाना भै बग्ने गरेको छ । यस नदीले पनि वगर क्षेत्रमा सिंचाई सुविधा प्रदान गर्दै जल प्रवाह गरेको पाइन्छ । यस नगरपालिका क्षेत्रमा ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरु रहेका छन् । यस नगरक्षेत्रको संस्कृति, कला, र परम्परागत भेषभुषा आदि पर्यटकका आकर्षक हुन सक्दछन भने पर्यटनका पूर्वाधारहरुको विकास गर्न सकिएमा भविष्यमा पर्यटकबाट आम्दानी समेत गर्न सकिने छ ।यस नगरपालिकामा रहेको मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुमा निलबाराही, महालक्ष्मी मन्दिर, बालकुमारी मन्दिर, सिद्धिगणेश र द्योक्षे मन्दिर, सिद्धिकाली मन्दिर, भैरव मन्दिर, बिष्णुवीर, पाटी बिहार, चपाचो विश्वविनायक, दिव्यश्वरी मन्दिर, शंखधर साख्वाचोक आदि रहेका छन् ।