FAQs Complain Problems

अनलाइन घटना दर्ता प्रणाली (जन्म दर्ता)

यस प्रविधिको प्रयोगबाट घरमै बसि जन्म दर्ता फारम भर्न सकिनेछ। फारम भर्दा प्रप्त टोकन नम्बर लिएर नगरपालिकाको वडाकार्यालयबाट सहजै प्रमाण पत्र लिन सकिनेछ।टोकन न. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल न. मा अाउछ। फारम भर्न मध्यपुर थिमि नपाको WEBSITE: www.madhyapurthimi.gov.np  मा गएर लिंक मा गएर "अनलाइन जन्म दर्ता प्रणाली (सेवाग्राही)" मा क्लिक गर्नुहोला |

थप जानकारी 

केन्द्रीय पंजीकरण विभागलले घरमै बसेर घटना दर्ता (जन्म दर्ता)फारम भर्ने व्यवस्था मिलाएको छ। जन्म दर्ता गरेपछि अन्य दर्ता ( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )गर्न सम्बन्धित वडा कार्यालय आउनु पर्नेछ | घटना दर्ताको लागि  यहाँ क्लिक गर्नुहोला र  तल भनेअनुसार गर्नुहोस्।

  • पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्। 
  • फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
  • दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
  • त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।
  • ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।

नोटः यदि एक चोटि नगरपालिकामा कुनै ब्याक्तिगत घटना Online दर्ता गरिएको छ भने सोहो व्याक्तिको अर्को घटना दर्ता गर्नु पर्दा टोकन अावश्यक पर्दैन। पुरानो व्याक्तिगत घटना दर्तामा भएको व्याक्तिगत परिचय पत्र न. ले हुन्छ।

१) फारम भर्नको लागि Firefox Browser को प्रयोग गर्दा उचित हुन्छ।
२) Traditional Unicode (Preeti Format) नजानेकाहरुले Romanized Unicode प्रयोग गर्न सक्नुहुनेछ, सो को लागि फारमको मथि दाहिने पट्टी Romanized मा क्लिक गर्नुहोला। 
३) फारम भर्न छुट्टै Nepali Unicode install गरिरहनु जरुरी छैन।
4) युनिकोडकोबारेमा थप जानकारीको लाागि https://goo.gl/XkQhfk